मंगलवार, ३१ असार, २०८२

नेपालद्वारा श्रीलंका ८-० ले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १८ असार, २०८२

नेपालद्वारा श्रीलंका ८-० ले पराजित

१८ असार २०८२, काठमाडौं । उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियम रंगशालामा जारि एएफसी एसियाली कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को प्रभुत्व जमायो। कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक गरेकी थिइन्, जसमा २० औं, ४२ औं र इन्जुरी समयमा गोल गरेकी थिइन् । गीता राणा मगरले गोलको सुरुवात गरिन् र पछि पेनाल्टीबाट अर्को गोल थपिन् । निशा ठोकर, रेखा पौडेल र पूजा राणा मगरले पनि गोल गरे ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेल बलियो टिम उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल फिफा वरियताको १००औं स्थानमा रहेको छ भने उज्वेकिस्तान ५१औं स्थानमा रहेको छ। अन्तिम खेलमा उज्वेयिकस्तानलाई हराएको खण्डमा नेपालले अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ ।

नेपालले अन्तिम पटक सन् १९९९ मा एसियन कप खेलेको थियो । यदि समुह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानलाई हराएको खण्डमा नेपाल २६ वर्ष पछि एसियन कपमा छनोट हुनेछ । नेपालले सन् २०२२ मा भारतमा भएको एसियन कपमा स्थान बनाउन सकेको थिएन ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif