बुधबार, ११ मंसिर, २०८२

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ९ मंसिर, २०८२

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित

२०८२ मंसिर ८, काठमाडौँ ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीलाई ४५ रनले पराजित गर्दै सुदुरपश्चिमले लगातार तेस्रो जित हासिल गरेको हो ।

सुदुरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनायो । कर्णालीका पवन शर्राफले २७ तथा मार्क वाटले १७ रन जोडे । सुदुरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलेले ४ विकेट लिए । यस्तै हरमित सिंह र अविनाश बोहोराले २२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा एक चौका र २ छक्कासहित ३९ रन जोडे। यस्तै आरिफ शेखले २७ रन बनाउँदा हरमित सिंहले १९ रन जोडे । कर्णालीका कप्तान सोमपाल कामीले तीन तथा नन्दन यादले २ विकेट लिए ।

तीन खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ । कर्णालीले भने ३ खेल खेल्दा १ जितसहित तालिकाको छैठौँ स्थानमा झरेको छ ।

advertisement_1676551537.gif