राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८३ असार १७, काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रंगशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३-० गोलअन्तरले पराजित गर्यो ।
फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।
अन्तिम-३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ६:४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुँदैछ ।