आईतवार, २५ आश्विन, २०८३

हनुमानढोकास्थित दशैं घरमा जमरा राखियो

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

हनुमानढोकास्थित दशैं घरमा जमरा राखियो

२०८३ असोज २५ काठमाडौँ । बडादशैंको पहिलो दिन घटस्थापनाका अवसरमा आइतबार काठमाडौंको ऐतिहासिक हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको शुभारम्भ भएसँगै वैदिक विधिअनुसार घटस्थापना गरी दशैं घरमा जमरा छर्ने कार्य सम्पन्न भएको हो ।

नेपालीहरूको महान् पर्व दशैंको पहिलो दिन घरघरमा तथा विभिन्न शक्तिपीठहरूमा घटस्थापना गरी जमरा राख्ने परम्परा रहँदै आएको छ । यस दिन बिहानै नित्यकर्म समाप्त गरी चोखो माटो वा बालुवा ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा तथा दशैं घरमा जौ, गहुँ र मकै छरेर जमरा राख्ने गरिन्छ ।

आइतबारबाट विधिवत् रूपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिएको हो । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११:४७ बजे जमरा राखिएको छ ।

 सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ । 

वैदिक मन्त्रोच्चारणका साथ स्थापना गरिएको घट र छरिएको जमरालाई विजयादशमीका दिन मान्यजनको हातबाट टीका र प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

advertisement_1680627680.gif