बुधबार, २० श्रावण, २०८३

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

२०८३ साउन १९, काठमाडौँ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशीलकुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन् ।

समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय दिइएको छ ।

advertisement_1676551694.gif
अन्य समाचार