शुक्रबार, १५ जेष्ठ, २०८३

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट: पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट: पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब

२०८३ जेष्ठ १५, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेका छन् ।

उनले सार्वजनिक गरेको बजेटको कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।

यसैगरी, बजेटको स्रोत व्यवस्थापनतर्फ आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान अर्थमन्त्री वाग्लेले गरेका छन् ।

बाँकी स्रोतका लागि वैदेशिक अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने उनले बताएका छन् । यसका साथै, अपुग हुने रकम आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने घोषणा समेत उनले गरेका छन् ।

advertisement_1676551537.gif