बुधबार, २० जेष्ठ, २०८३

कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक, पुराना ऋण चुक्ता गरिसकेकालाई प्रमाणसहित उपस्थित हुन आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक, पुराना ऋण चुक्ता गरिसकेकालाई प्रमाणसहित उपस्थित हुन आग्रह

२०८३ जेष्ठ २०, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ ।  

समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।  

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ । 

Download the PDF
advertisement_1680627680.gif