राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ भदौ २४ काठमाडौं । बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो ।
जसअनुसार नौ वटा वाणिज्य बैंकमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ रुपैयाँ मौज्दात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको पनि जानकारी दिइएको छ ।
यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।