राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ३ श्रावण, २०८३
२०८३ साउन ०३, काठमाडौँ । बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आजका लागि एक तोला छापावाल सुनको बजार मूल्य दुई लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, सेतो धातु चाँदीको भाउ पनि बढेर प्रतितोला चार हजार २४० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार बजारमा छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
स्थानीय बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार ३१ अमेरिकी डलर र प्रतिऔँस चाँदी ५६ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको यो परिवर्तनकै प्रभाव स्वरूप नेपाली बजारमा पनि मूल्य बढेको हो ।