आईतवार, १० श्रावण, २०८३

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

२०८३ साउन १०, काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । शुक्रबार तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।

त्‍यस्‍तै आइतबार सुनसँगै चाँदीको मूल्यमा पनि सुधार आएको छ। अघिल्लो दिनको तुलनामा तोलामा ६० रुपैयाँले बढेर आज चाँदी प्रतितोला चार हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

advertisement_1676553851.gif