सोमबार, २२ असार, २०८३

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

२०८३ असार २२, काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार बहुमूल्य पहेँलो धातु सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि अघिल्लो दिन अर्थात् आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनदेखि उतारचढावपूर्ण रहेको सुनको मूल्यमा आज आएको यो मन्दीले स्थानीय बजारमा व्यवसायी र उपभोक्ता दुवैको ध्यान खिचेको छ ।

सुनसँगै आज सोमबार चाँदीको मूल्यमा पनि गिरावट रेकर्ड गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँले सस्तिएको छ । मूल्य घटेपछि आज चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुहरूको मूल्यमा आउने उतारचढावकै प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन् ।

advertisement_1676551694.gif