बुधबार, २७ श्रावण, २०८३

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

२०८३ साउन २७, काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै महासंघले बुधबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ । आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।

advertisement_1676551694.gif