सोमबार, २९ भाद्र, २०८३

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, २२ घण्टा पहिले

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

२०८३ भदौ २८ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ । मूल्य वृद्धि भएसँगै आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६६० रुपैयाँ पुगेको छ । गत शुक्रबार भने चाँदीको मूल्य तोलामा २५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

advertisement_1680627706.gif