बुधबार, १० असार, २०८३

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार?

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार?

२०८३ असार ०९, काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो ।

यो गिरावटसँगै बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन सोमबार यसको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ रहेको थियो ।

सुनसँगै मंगलबार चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । सोमबार प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा १४० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

मूल्य घटेपछि मंगलबार चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ ।

advertisement_1676551537.gif