बिहीबार, १८ असार, २०८३

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

२०८३ असार १७, काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । यस गिरावटसँगै आज छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । महासंघका अनुसार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २७० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघको मूल्य सूची अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ७४० रुपैयाँ कायम भएको छ, जुन मंगलबारको तुलनामा ५१५ रुपैयाँ कम हो भने १० ग्राम चाँदीको मूल्य ३ हजार ६६१ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको सूचकाङ्क र सुनको मूल्यमा आउने उतारचढावका आधारमा महासंघले नेपालमा दैनिक रूपमा मूल्य निर्धारण गर्ने गर्दछ  ।

पछिल्लो समय जेठको तेस्रो सातातिर नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दु प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँसम्म पुगेको थियो । त्यसयता लगातारको उतारचढाव हुँदै असारको मध्यसम्म आइपुग्दा सुनको मूल्यमा करिब ३४ हजार रुपैयाँको गिरावट आइसकेको छ, जसका कारण नेपाली बजारमा सुनको मूल्य केही महिनायताकै न्यून बिन्दुतिर झरेको देखिन्छ ।

advertisement_1676551537.gif