सोमबार, १ असार, २०८३

स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ ३१, काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहेँलो धातु (सुन) को मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको हो ।

यस वृद्धिसँगै, गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि दुई लाख ९३ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर नयाँ मूल्य कायम भएको छ, जबकि यसअघि गत शुक्रबार चाँदी प्रतितोला चार हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा देखिएको यो उतारचढावकै बीच अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार दुई सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

advertisement_1676551646.gif
अन्य समाचार