राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १३ असार, २०८२
१३ असार २०८२, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा आगामी साउन २९ गते देखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शुक्रबार एसईईको नतिजा सार्वजनिक गर्दै साउन २९ गते देखि ग्रेड वृद्धि परीक्षा संचालन हुने बताएको हुन् ।
यसपटक ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ। जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।