बिहीबार, ७ श्रावण, २०८३

प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक वितरण

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक वितरण

२०८३ साउन ०६, काठमाडौँ । विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई आज दीर्घसेवा पदक वितरण गरिएको छ । कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा. डा. भेला थापाले सो पदक वितरण गरेका हुन् ।

विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गर्ने शिक्षक कर्मचारीलाई सेवा अवधिमा एक पटक यस्तो पदक दिने गरिन्छ । 

कार्यक्रममा शिक्षकतर्फ १४२ र कर्मचारीतर्फ ४१ जनालाई पदक प्रदान गरिएको छ । सो अवसरमा त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापा, सिटेनका सदस्यहरूको उपस्थिति थियो ।

उपकुलपति डा. थापाले उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत आफ्ना सम्भावनाहरू उजागर जानुपर्ने बताउँदै विज्ञ प्राध्यापक, कर्मचारी र अनुसन्धानकर्मीलगायत सबैको रचनात्मक सहयोगमा उपलब्ध समग्र सुधारका लागि आव्हान गरेका छन् ।

advertisement_1680627706.gif