राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ १५, काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।
उनले विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थी र शिक्षकका लागि आदानप्रदान कार्यक्रम सञ्चालन गरिने बताए । मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच पुर्याउन आवासीय विद्यालय सञ्चालन गरिने उनले जानकारी दिए ।
यो कार्यक्रम चितवनको चेपाङ समुदायबाट सुरु गरिने उनले बताए ।