राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८२ फागुन १७, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको भक्तपुरका एसपी सूर्य खड्काले जानकारी दिए ।
उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो । उनीमाथि ‘सार्वजनिक शान्तिविरुद्धको मुद्दा’ मा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।