राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज २६ काठमाडौँ । नेकपा (एमाले)का मनोनित केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयता शपथ लिँदै छन् ।
पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथग्रहण कार्यक्रम हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराउने छन् ।
गत शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही)सहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।