सोमबार, १८ श्रावण, २०८३

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने

२०८३ साउन १७, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीका अनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ ।

बैठकको लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ ।

बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ । इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला बोलाएको छ ।

advertisement_1676551537.gif