बिहीबार, १४ श्रावण, २०८३

बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित

२०८३ साउन १३, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बुधबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी विधानबमोजिम सभापति लामिछानेको नेतृत्वमा आठ सदस्यीय ‘पार्टी सचिवालय’ समेत गठन गरेको छ । सचिवालयमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् ।

पार्टीका पछिल्ला निर्णयहरूबारे जानकारी दिँदै रास्वपाले प्रथम महाधिवेशनको समीक्षा गर्नुका साथै आगामी साङ्गठनिक तथा रणनीतिक योजनाहरूसहित ११ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

advertisement_1676553851.gif