शनिबार, २ श्रावण, २०८३

रास्वपाको बन्दसत्र आजलाई स्थगित

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ८ असार, २०८३

रास्वपाको बन्दसत्र आजलाई स्थगित

२०८३ असार ०८, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत तय गरिएको बन्दसत्र आज सुरु नहुने भएको छ । प्रतिनिधि परिचयपत्र वितरण प्रक्रिया समयमै पूरा हुन नसकेपछि बन्दसत्रको कार्यतालिका स्थगित गरिएको हो ।

रास्वपाको निर्वाचन आयोग स्रोतका अनुसार आजको दिन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । परिचयपत्र वितरण सम्पन्न भएपछि भोलिदेखि मात्रै बन्दसत्र औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको छ ।

कार्यतालिका पछाडि सरेसँगै महाधिवेशनको समग्र अवधि स्वतः एक दिन लम्बिएको छ । यसले संगठनात्मक प्रक्रिया, छलफल र नेतृत्व चयनसँग सम्बन्धित आगामी कार्यक्रमहरू पनि पुनः तालिकाअनुसार समायोजन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

स्रोतका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या ३८ सय नाघेको छ। प्रतिनिधिको उच्च सहभागिताका कारण व्यवस्थापन र परिचयपत्र वितरण प्रक्रियामा अपेक्षाभन्दा बढी समय लागेको बताइएको छ ।

advertisement_1676551694.gif