बुधबार, १० असार, २०८३

रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि सार्वजनिक

२०८३ असार ०९, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तेस्रो संशोधित निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले मङ्गलबार महाधिवेशनको संशोधि निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।

आज ७ बजेदेखि साढ‍े सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन आजै राति १० बजे उम्मेदवारहरूकाे प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने राति ११:४५ बजे उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशित गरिनेछ । 

उम्मेदवारको अन्तिम नामावली राति पौने १२ बजे प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । त्यसपछि माैन अवधि सुरु हुने केन्द्रीय निर्वाचन आयाेगका प्रमुख भुवन केसीले जानकारि दिए। 

पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि बुधबार बिहानलाई भनिएको छ । तर समय तोकिएको छैन ।

दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । 

 

advertisement_1676551694.gif