सोमबार, ७ बैशाख, २०८३

वैशाख १५ बाट रास्वपाले जिल्ला अधिवेशन सुरु गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

वैशाख १५ बाट रास्वपाले जिल्ला अधिवेशन सुरु गर्ने

२०८३ बैशाख ०६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशनको कार्यतालिका तय गरिएको हो ।

रास्वपाको भोलि केन्द्रीय समिति बैठक बस्दैछ। केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ ।

advertisement_1676553908.gif