सोमबार, ११ कार्तिक, २०८२

गायक पशुपति शर्मा सवार कार दुर्घटना

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ श्रावण, २०८२

गायक पशुपति शर्मा सवार कार दुर्घटना

२०८२ साउन २१, स्याङ्जा । चर्चित लोकगायक पशुपति शर्मा बुधबार दिउँसो कार दुर्घटनामा परेका छन् । पोखराबाट वालिङतर्फ जाँदै गरेको उनी सवार ग १ च ४१७१ नम्बरको कार स्याङ्जा जिल्ला भीरकोट नगरपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारमा गायक शर्मासहित चार जना सवार थिए । प्रहरीका अनुसार कारमा शर्मासहित चार जना थिए। गायक शर्माको देब्रे हातको एउटा औँला भाँचिएको छ । सांगीतिक कार्यक्रमका लागि स्याङ्जा गएका गायक शर्माको उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको जनाइएको छ।

advertisement_1676551694.gif