राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ २० काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ ।
बिदुर नगरपालिका १० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार चन्द्रिका बोल्न सक्ने अवस्थामा छिन् । उद्धारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि घरको भग्नावशेष हटाएर खोजी गर्दा चन्द्रिकालाई जीवितै फेला पारिएको प्रहरी प्रवक्ता कार्कीले बताए ।