आईतवार, २१ भाद्र, २०८३

भोटेकोशी बाढी: त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

भोटेकोशी बाढी: त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

२०८३ भदौ २१ काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए ।

अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा. चौधरीले बताए । 

यस्तै, हाल ५९ शवहरू अस्पतालमै रहेका छन् । केही शवहरूको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ । 

advertisement_1676551537.gif