बिहीबार, ११ भाद्र, २०८३

रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने

२०८३ भदौ ११ काठमाडौँ । रसुवा बाढीबाट प्रभावित भएका नागरिकले अनलाइनबाटै उद्धार र राहतका लागि माग गर्न सक्ने भएका छन् । 

पूर्वाधार मन्त्रालय मातहतको सडक विभाग र गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्तरुपमा उद्धार र राहतका लागि अनलाइनबाटै फाराम भर्न आह्वान गरेको हो ।

बाढीबाट प्रभावित भएकाहरुले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को  (https://setu.ndrrma.gov.np) सिस्टममार्फत उद्धार र राहत आवश्यक माग विवरण फाराम भर्न सकिने गृह मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिने जनाइएको छ ।

advertisement_1676551537.gif