आईतवार, १४ भाद्र, २०८३

त्रिशूली ३ए सुरुङमा हावा पठाउन थालिएको छ : गृहमन्त्री गुरुङ

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

त्रिशूली ३ए सुरुङमा हावा पठाउन थालिएको छ : गृहमन्त्री गुरुङ

२०८३ भदौ १३ काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ ।

गृहमन्त्री सुदन गुरुङका अनुसार उद्धार टोली सुरुङको माथिल्लो भाग (क्रोन)सम्म पुग्न सफल भएको छ ।

सुरुङको माथिल्लो भागमा सानो प्वाल बनाएर भित्र थुनिएका नागरिकहरूका लागि हावा (अक्सिजन) पठाउन सुरु गरिसकिएको गृहमन्त्री गुरुङले जानकारी दिएका छन् । उनका अनुसार अब सुरुङभित्र प्रवेश गर्ने मार्ग फराकिलो बनाएपछि उद्धार टोली पनि भित्र पठाइनेछ ।

उक्त आयोजनाको सुरुङभित्र ठूलो सङ्ख्यामा इन्जिनियर र मजदुर फसेको अनुमान गरिएको छ । अप्ठयारो भू–बनोटमा रहेको उक्त सुरुङमा फसेका व्यक्तिको उद्धार गर्न सरकारको आग्रहमा भारत र चीनबाट दक्ष उद्धारक आज नेपाल आएका थिए । अपराह्नबाट उनीहरूको सहयोगमा नेपाली सुरक्षा फौजले त्यस क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाएको छ ।

advertisement_1680627680.gif