सोमबार, १ मंसिर, २०८३

तीन प्रदेशका केही स्‍थानमा हल्का वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, ३४ मिनेट पहिले

तीन प्रदेशका केही स्‍थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८३ कार्तिक ३० काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश लगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

advertisement_1676551537.gif