मंगलवार, २७ फाल्गुन, २०८१

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ आश्विन, २०८१

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् ।

मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुई वटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए ।

प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुई वटा मुद्दा दायर गरेको थियो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif