बुधबार, २७ जेष्ठ, २०८३

बेड संख्याअनुसार शुल्क नतिर्ने ११ अस्पतालबाट १ करोड ७८ लाख असुल गरिने

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

बेड संख्याअनुसार शुल्क नतिर्ने ११ अस्पतालबाट १ करोड ७८ लाख असुल गरिने

२०८३ जेष्ठ २६, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा बेड संख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरिएको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो ।

महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताले स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र नियमसम्मत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कानुन र मापदण्ड विपरीत हुने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारिन् । 

advertisement_1680627706.gif