शनिबार, ९ श्रावण, २०८३

डिजिटल स्वास्थ्य प्रणाली निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री मेहताको प्रतिबद्धता

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

डिजिटल स्वास्थ्य प्रणाली निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री मेहताको प्रतिबद्धता

२०८३ साउन ०८, काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको विस्तार, टेलिमेडिसिनको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली निर्माणका विषयमा छलफल भएको छ ।

मन्त्री मेहतासँग बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, स्मार्ट हेल्थ ग्लोबलका मनोज खड्का, सुशील लेखक लगायतको टोलीले भेट गरी ’द लास्ट माइलः डिजिटल स्वास्थ्य सम्मेलन २०८३’ बाट प्राप्त निष्कर्ष तथा सुझाव प्रस्तुत गरेको हो ।

भेटका क्रममा टोलीले स्थानीय तहमा डिजिटल स्वास्थ्य सेवाबाट प्राप्त अनुभव, टेलिमेडिसिनको विस्तार, स्वास्थ्य सूचना प्रणालीको एकीकरण, कानुनी तथा नीतिगत सुधार, वित्तीय दिगोपन र तीनै तहका सरकारबीच समन्वयलाई प्राथमिकतामा राखेर राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

मन्त्री मेहताले डिजिटल स्वास्थ्यलाई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिँदै सम्मेलनबाट आएका सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत तथा संस्थागत पहल अघि बढाइने बताइन् । साथै, सरकारले सुरक्षित, अन्तरसञ्चालनीय, समतामूलक र दिगो डिजिटल स्वास्थ्य प्रणाली निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता मन्त्री मेहताले जनाइन् ।

advertisement_1676553908.gif