राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ३० चैत्र, २०८२
२०८२ चैत्र ३०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको आज शल्यक्रिया हुँदैछ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको शल्यक्रिया गर्न लागिएको हो ।
उपचारमा संलग्न चिकित्सकले यसअघि नै शल्यक्रियाको मिति आजका लागि तय गरेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । उनको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको बताइएको छ ।
अध्यक्ष ओलीलाई प्रहरीले यहि चैत १४ गते पक्राउ गरेको थियो । त्यसपछि उनी अस्पतालमै रहेका छन् । उनलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको थियो ।
अध्यक्ष ओलीको हाजिरी जमानीमा गत बिहीबार रिहा भइसकेका छन् ।