शनिबार, २७ असार, २०८३

बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

२०८३ असार २७, काठमाडौँ । काठमाडौंको बुद्धनगरमा एक जनाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

४५ वर्षीय आश्विन राउतले भान्साकोठामा आफूलाई आगो लगाएको र घाइते अवस्थामा उनको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराई अनुसार राउतलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको प्रहरी प्रवक्ता भट्टराईले बताए ।

उनले आत्मदाहको प्रयासको कारण भने नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676998982.gif