सोमबार, ११ कार्तिक, २०८२

छाडा चौपाया व्यवस्थापन गर्न काठमाडौं महानगरले ,दक्षिणकालीमा तयार गर्यो काञ्जी हाउस।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ कार्तिक, २०८०

छाडा चौपाया व्यवस्थापन गर्न  काठमाडौं महानगरले ,दक्षिणकालीमा तयार गर्यो काञ्जी हाउस।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि छुट्टै व्यवस्था गर्न लागेको छ। महानगरले दक्षिणकालीमा काञ्जी छाडा चौपाया व्यवस्थापनकालागि काञ्जी हाउस तयार गरेको छ ।

महानगरपालिका क्षेत्रमा छोडिएका छाडा चौपायालाई महानगरपालिकाले व्यवस्थित गर्ने भएको हो । त्यसका लागि दक्षिणकाली नगरपालिका वडा न ७ को पुगाउँमा काञ्जी हाउस तयार गरिएको छ ।

महानगरपालिकाले बुधबारदेखि महानगरपालिका क्षेत्रमा भेटिएका गाइबस्तु संकलन गरेर टेकु लैजाने तथा त्यहाँ संकलन भएका गाइबस्तुलाई काञ्जी हाउस पुर्‍याइनेबताएको छ  ।

काञ्जी हाउस सञ्चालन गर्ने विषयमा महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच २०७८ सालमै सम्झौता भएको थियो तर त्यो अहिलेसम्म त्यो सञ्चालनमा आएको थिएन। 

advertisement_1676998982.gif