सोमबार, ११ कार्तिक, २०८२

हेटौंडामा जमिनमुनि भासिएको गाडीको पाटपुर्जा भेटियो

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ जेष्ठ, २०८२

हेटौंडामा जमिनमुनि भासिएको गाडीको पाटपुर्जा भेटियो

७ जेठ २०८२,  हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१६ गैरीगाउँमा गत वैशाख १९ गते जमिनमा भासिएर हराएको बोलेरो गाडीको पार्टपुर्जा १९ दिनपछि मंगलबार फेला परेको छ ।

हराएको बोलेरोबारे अध्ययन गर्न काठमाडौंबाट पुगेको भूगर्भविद्को टोलीले माटोको परीक्षण गर्दा सतर्कता अपनाएर सवारी खोजतलास गर्न सकिने स्थानीय जनप्रतिनिधिलाई सल्लाह दिइएकोमा सोही सुझावअनुसार सुरक्षाकर्मीले क्रेन र स्काभेटर प्रयोग गरेर खोजी तीव्र पारेका थिए। खोजी गर्नेक्रममा गाडीका केही पार्टपुर्जा फेला परेका हुन् ।

जमिनमुनि भासिएर गाडिनै गायब भएपछि काठमाडौंबाट भूगर्भविदको टोलि हेटौंडा आएर उक्त क्षेत्रको अवलोकन गर्नुको साथै माटो परीक्षणको लागि काठमाडौ लगेको थियो ।

टोलिले उक्त क्षेत्रको माटो परिक्षण गरि करिब १० मिटर मुनि गाडी रहेको अनुमान गरेपछि टोलीले आज हेटौंडा आएर पुन खोजतलास गर्ने क्रममा गाडिको केही पाटपुर्जा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

advertisement_1676553908.gif