शुक्रबार, २ फाल्गुन, २०८१

जन सार्क समन्वय मंच नेपालको बार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ श्रावण, २०८१

जन सार्क समन्वय मंच नेपालको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ। जन सार्क समन्वय मंच नेपालको बार्षिक साधारण सभा शनिबार काठमाडौँमा एक समारोहका बीच सम्पन्न भएको छ।
मंचका  सभापति  हरि बहादुर बि सी को सभापतित्वमा सम्पन्न उक्त सभा बबरमहल स्थित साप नेपालमा आयोजना गरिएको थियो । सभामा बोल्दै सभापति बिसी ले सार्क राष्ट् बीच आपसमा भाइचारा कायम गरि पर्यावरण,पर्यटन ,धार्मिक लगायतका क्षेत्रमा समन्वय गर्न सकिने बताउनु भयो।
मंच का सचिब भरत ढकालले संचालन गरेको उक्त कार्यक्रममा  पुर्व प्रशासक रामेश्वोर घिमिरे ,प्राध्यापक तथा पशुपति क्षेत्र विकास कोषका सदस्य डा. भरत बडाल लगायतको उपस्थिति रहेको थियो।  
साधारण सभाले वरिष्ठ समाजसेवी तथा पूर्व प्रशासक विसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
। साप नेपाल बबरमहल काठमाडौँमा भएको आठौं वार्षिक साधारण सभाले सभापतिमा हरिबहादुर विसीलाई सर्वसहमत चयन गरेको हो ।
 मञ्चको उपसभापतिमा उमा तिमल्सिना मरहठ्ठा, महासचिवमा भरत ढकाल, कोषाध्यक्षमा दिनदया रिजाल, सचिव तथा प्रवक्तामा विजया खनाल र अन्तर्राष्ट्रिय सचिवमा डा.धम्रेन्द्र यादव निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा रामेश्वर घिमिरे, कमलबाबु परियार, नरबहादुर लिम्बू, बालकृष्ण प्रसाद र निना रिजाल चयन भएका छन् ।साधारण सभाले ९ सदस्यीय सल्लाहकार चयन गरेको छ । सल्लाहकारमा डा. भरत बडाल, देवराज ढकाल, उदय के.सी., कृष्ण घिमिरे, प्रझुमन चौधरी, मिलन वि.क., देवी खड्का, कालीबहादुर विश्वकर्मा र तुल्सिप्रसाद तिमल्सिनालाई चयन गरेको छ ।साधारण सभाले सार्क राष्ट्रमा पर्यटन र पर्यावरण विषयमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।मञ्च अध्यक्ष विसीले सार्क राष्ट्रहरुमा पर्यटन सम्बन्धि विभिन्न कार्यक्रम गरि सार्क राष्ट्रबाट धेरै भन्दा धेरै पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको बताउनु भयो । 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif