राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १ जेष्ठ, २०८२
३१ बैशाख २०८२, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सहकारी अपचलन आरोपमा पक्राउ परेकी सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको साढे दुई करोड रकम अपचलनको आरोप लागेको थियो । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको अभियोगमा राई गत वैशाख १३ गते काठमाडौँको कपनस्थित निवासबाटै पक्राउ परेकी थिइन् ।
आज बयान र थुनछेक बहस सकिएपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।