सोमबार, ११ कार्तिक, २०८२

काठमाडौंको नयाँ बसपार्कको होटलमा पुरूष मृत फेला

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २८ बैशाख, २०८२

काठमाडौंको नयाँ बसपार्कको होटलमा पुरूष मृत फेला

२८ बैशाख २०८२, काठमाडौं काठमाडौँको नयाँ बासपार्कस्थित होटलमा एक व्यक्ति मृत भेटिएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिका–२६ वीरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेष्ट हाउसको २०१ नम्बर कोठामा उनी मृत फेला परेका हुन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन् ।

advertisement_1744958411.jpg