शुक्रबार, ३ जेष्ठ, २०८२

काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २६ बैशाख, २०८२

काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी

२६ बैशाख २०८२, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ठमेल सातघुम्ती चोक नजिक आगलागी भएको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित सातघुम्ती चोक नजिक शुक्रबार दिउँसो साढे १२ बजे उर्मिला श्रेष्ठको चार तले पक्की घरको दोस्रो तलामा आगलागी सुरु भएको थियो ।उर्मिला श्रेष्ठ अनुसार दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई  फुलमुन क्लबमा सञ्चालन गरेका थिए । विद्युत् सर्ट भई आगलागी हुँदा दोस्रो र तेस्रो तलामा क्षती भएकाे प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । 

आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी काठमाडौँ महानगरपालिकाको तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल,पानी ट्याङकर,नेपाल प्रहरी र स्थानिय सहायताले एक घण्टापछि आगालागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif