सोमबार, ११ कार्तिक, २०८२

काठमाडौं महानगरद्वारा आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड बराबरको बजेट सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ११ असार, २०८१

काठमाडौं महानगरद्वारा आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड बराबरको   बजेट सार्वजनिक

काठमाडौँ। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको १५ औं अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले यो बजेट प्रस्तुत गरेकी हुन् ।

चालु आर्थिक वर्षका लागि सुरुमा कुल बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ रहेको थियो । तर, जनवरीमा परिमार्जन गरी २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँमा परिमार्जन गरिएको थियो ।

डंगोलका अनुसार नयाँ बजेटमा आर्थिक विकास कार्यक्रमका लागि १९ करोड ९९ लाख रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार रुपैयाँ र पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

advertisement_1676553908.gif