राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १० असार, २०८०
काठमाडौँ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन्। महानगरको गौरव प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले १० विषयगत क्षेत्रका विकास योजनाका लागि ८० अर्ब रुपैयाँ विनियोजन गरेको छ । उल्लेखनीय छ, महानगर स्वर्ण योजनाअन्तर्गत २५ विषयगत क्षेत्रीय योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यस बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिइएको छ । महानगरपालिकाले विभिन्न शैक्षिक पहलका लागि ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो विनियोजन अन्तर्गत १ अर्ब ३२ करोड ९३३ हजार रुपैयाँ विशेष गरी शैक्षिक आयोजनामा समर्पित गरिएको छ ।
यसबाहेक स्वास्थ्य क्षेत्रको व्यापक विकासका लागि ९२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।