राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २२ श्रावण, २०८०
काठमाडौं । नेपाली काँग्रेसका नेता विजय गच्छदारविरुद्ध पक्राउपूर्जी जारी भएको छ ।ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री एंव नेपाली काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका गच्छदारविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) स्रोतका अनुसार काठमाडौँ जिल्ला अदालतले आइतबार नै गच्छदार सहित अन्य चार पूर्वमन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पनि पुर्जी जारी भएको छ ।
ललिता निवासको जग्गा हिनामिना भएको बेला (२०६७) मा विजय गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री थिए । सो बेला सो सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लैजाने भूमिका खेलेको ती पूर्वमन्त्रीहरुविरुद्ध आरोप छ ।
यसप्रकरणमा जोडिएका केही उच्च सरकारी अधिकारीहरु पक्राउ परिसकेका छन् ।