सोमबार, ११ कार्तिक, २०८२

ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा निस्कियो आगो

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २० फाल्गुन, २०८१

ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा निस्कियो आगो

२० फागुन, काठमाडौं । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ । टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो ।

पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको आगोलाई बिहानदेखि निभाउने प्रयास जारी रहेको बताइएको छ ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने काम भइरहेको जानकारी दिएको छ ।

advertisement_1676553851.gif