राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ असार, २०८०
मकवानपुर। दुई ट्रक एकआपसमा ठोकिदा हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीकाका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले का अनुसार उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ना ६ ख ६३१ नम्बर ट्रकका सहचालक मकवानपुर मनहरी– ३ का अमृत प्रजा, ना ६ ख ६६६७ नम्बरका ट्रक चालक चितवन राप्ती नगरपालिका–८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटारका सुमन चेपाङ रहेको प्रहरीले जनाएको छ ।
घाइते भएका चितवन राप्ती नगरपालिका–३ का विवेक तमाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका चालक मनहरी–३ का अर्जुनकुमार प्रजाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
ट्रकमा लागेको आगो दमकलको सहयोगमा बिहान निभाइएको छ ।आगो लागेका ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ