सोमबार, ११ कार्तिक, २०८२

नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याकंर ठोक्किँदा १५ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ५ श्रावण, २०८१

नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याकंर ठोक्किँदा १५ जना घाइते

चितवन। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याकंर ठोक्किँदा १५ जना घाइते भएका छन्।

शनिबार दिउँसो उक्त सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोकिएको चितवन प्रहरीले जनाएको छ।

नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल टयाङ्करको एकापट्टीको भागमा ठोक्किँदा दुर्घटना भएको हो।

advertisement_1760855394.gif