सोमबार, ११ कार्तिक, २०८२

न्यायाधीश भुवन गिरी पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २८ चैत्र, २०७९

न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पक्राउ पुर्जीका आधारमा न्यायाधीश गिरीलाई मङ्गलवार काठमाण्डौको गोङ्गबुबाट पक्राउ गरिएको हो।

गिरीकी पत्नीले आफूलाई कुटपिट र बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।जाहेरीमा श्रीमानले आफूलाई पटक–पटक कुटपिट, यौन शोषण र हिंसा गरेको उल्लेख छ ।

गिरीलाई काठमाडौंमा पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

गएको असारमा जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन हुनुभएका गिरी विवादमा तानिएपछि न्याय परिषद् काठमाण्डौमा सरुवा हुनुभएको थियो ।

advertisement_1676551646.gif